नेपाल प्रहरीका लेखापालहरुको समय अवधि ६ भएको छ। आज प्रहरी प्रधानकार्यालयमा बसेको पीसीसीको बैठकले ८ वर्षबाट ६ वर्ष भएको केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए।
‘आजको बैठकले लेखापालको ६ वर्ष बनाएको छ। अब गृह मन्त्रालयबाट पनि सहमति लिनुपर्ने हुनेछ’, कडायतले भने। अघिल्ला आईजीपी धिरजप्रताप सिंहको पालामा ६ वर्षबाट ८ वर्ष बनाइएको थियो। त्यसका लागि अघिल्लो वर्ष लामो समयसम्म लेखापालको सरुवा रोकिएको थियो।
आजको पीसीसी बैठकले १० प्रहरीलाई विषेश बढुवा दिने निर्णय गरेको छ। प्रहरी एक वर्षमा विषेश योगदान दिएका प्रहरी जवानदेखि सईसम्मका कर्मचारीले विषेश बढुवा पाउने नियमावलीमा व्यवस्था गरिएको छ।