नक्कली शरणार्थीमा छुटेका तुलाधर ललिता निवासमा पक्राउ परे

भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधरलाई प्रहरीले फेरि पक्राउ गरेको छ। 

ललिता निवास जग्गा प्रकरणमा उनको शंकास्पद भूमिका देखिएपछि आइतबार उनलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन्।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव प्रसाद घिमिरेले आइतबार तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेका थिए। तर, उनको नाममा ललिता निवासको झण्डै २ रोपनी जग्गा देखिएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा बुझाइएकोे प्रहरीले बताएको छ। 

प्रकाशित मिति: : 2023-07-16 19:46:00

प्रतिकृया दिनुहोस्