प्रचण्डको नक्कली भारतीय आधार कार्ड बनाउने ‘टाइगर’ पक्राउ

तस्बिर : सामाजिक सञ्जाल
तस्बिर : सामाजिक सञ्जाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नक्कली भारतीय आधार कार्डलगायतका कागजपत्र बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने बुटवलका शेरबहादुर रानामगर ‘टाइगर’ पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोले बुटवल प्रहरीको सहयोगमा शेरबहादुरलाई आइतबार साँझ बुटवलबाट पक्राउ गरेको हो।

पक्राउ परेका शेरबहादुरलाई ब्यूरोले आवश्यक कारवाही अघि बढाएको ब्यूरोका प्रमुख एसएसपी नमिन्द्र अर्यालले बताए।

उनका अनुसार रानाले प्रधानमन्त्री प्रचण्डको नाममा विभिन्न भारतीय परिचय पत्रहरु बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्र हत्या गरेका थिए।

त्यस्तै रानामगरले स्वगीय सीता दाहालका बारेमा पनि सामाजिक सञ्जाल फेसबुकमा तथानाम लेख्दै पोष्ट गरेका थिए। उनले टाइगर रानामगरको नाममा फेसबुक आइडी खोलेर प्रधानमन्त्रीविरुद्ध जथाभाबी पोष्ट गर्ने गरेका थिए।

प्रकाशित मिति: : 2023-07-17 11:57:00

प्रतिकृया दिनुहोस्