तत्कालीन ब्रिटिस साम्राज्यकालीन नेपालको नक्सा सामाजिक सञ्जालमा सेयर गरेको भन्दै एमाले नेतृ रेखा झाविरुद्ध नेपाल प्रहरीकाे साइबर ब्यूरोमा उजुरी परेकाे छ।
उक्त नक्सा सेयर गरेर झाले नेपाली राष्ट्रिय एकतामाथि अघात पुर्याएको भन्दै राष्ट्रिय एकता अभियानले सोमबार साइबर ब्यूरोमा दिएकाे हाे।
तत्कालीन ब्रिटिस सरकारले जारी गरेको नक्सा नेतृ झाले असार २५ गते ‘१७९२ को नक्शाले बोल्छ’ भन्दै फेसबुकमा सेयर गरेकी थिइन्।
ब्यूरोमा उजुरी दिने अभियानका संयोजक विनय यादवले झाकाे उक्त पोस्टले नेपाली राष्ट्रियतामाथि आघात पुर्याएकाे भन्दै कारबाही गर्न माग गरेका छन्।