संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनले सिंहदरबारको अगाडि प्रदर्शन गरेका छन्।
हालकाे शिक्षा ऐन खारेज गरी तत्काल नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै विद्यार्थी युनियनले बुधबार सिंहदरबारको दक्षिणगेट बाहिर प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
‘२०२८ सालको शिक्षा ऐन कहिलेसम्म? यो शिक्षा ऐन खारेज गरी तत्काल नयाँ शिक्षा ऐन जारी गर’ भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको विद्यार्थी संगठनले सांकेतिक विरोध गरेका हुन्।
उनीहरूले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, संघीय शिक्षा ऐन जारी गर्न, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागु गर्न र सीटीईभीटीको शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेका छन्।
प्रदर्शनका क्रममा विद्यार्थी नेताहरु नेत्र चापागाईं र सरोज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।