प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ।
एक सय बढी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै एमालेले संसद अवरुद्ध गरेपछि संसद बैठक साउन १५ गते सोमबार दिनको १ बजे बस्ने गरी स्थगित भएको हो।
सभामुख देवराज घिमिरेले आजका संसदका सम्पूर्ण कार्यसूचि हटाउँदै बैठक स्थगित गरे।