साफ यू-१६ च्याम्पियनसीप खेल्ने नेपाली टोलीको घोषणा

साफ यू- १६ च्याम्पियनसीप खेल्ने नेपाली टोलीको घोषणा भएको छ। 

साफ यू- १६ च्याम्पियनसीप खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजानिक गरेको हो। साफ यू- १६ आगामी सेप्टेम्बरमा भुटानमा हुँदैछ।  सेप्टेम्बरमा १ देखि १०सम्म आयोजना हुने सो प्रतियोगितमा नेपाल, भारत र बंगालदेश समूह ए मा रहेका छन् भने समूह बी मा भुटान, पाकिस्तान र माल्दिभ्स रहेका छन्। 

यस्तो छ यू-१६ टोली :

गोलकिपरः विशेष बाँनिया, पेम्बा नोर्बु भोटे, भक्तबहादुर परियार

डिफेन्डरः एकराज विश्वकर्मा, किशान थापा, अरविन्द कुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान राज लावत, किशोर कुमार दनुवार, सरन वि.क.

मिडफिल्डरः सुजल स्याङ्तान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, दिलान लिम्बु

फरवार्ड: सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझि, दर्शन अधिकारी ।

प्रकाशित मिति: : 2023-08-21 17:43:00

प्रतिकृया दिनुहोस्