प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठक रवि लामिछानेद्वारा बहिष्कार

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाेलाएकाे सात दलकाे बैठक बहिष्कार गर्ने घोषणा गरेका छन्। 

संसदमा राष्ट्रिय दलको मान्यताप्राप्त सात दलको बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो । 

चाडपर्वहरुको मुखमा उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले मूल्यवृद्धि गराएकाे विरोधमा सभापति लामिछानेले बैठक बहिष्कार गर्ने जनाएका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गरेको एक स्टाटसमा लेखेका छन् ‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनुभएको बैठक हामीले बहिस्कार गरेका छौँ।’

प्रकाशित मिति: : 2023-10-01 11:02:00

प्रतिकृया दिनुहोस्