चिकित्साशास्त्रको नोबेल पुरस्कार काटालिन कारिको र ड्रू भाइस्मानलाई

सन् २०२३ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ। 

नोबेल पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन्। ती वैज्ञानिक हुन्– काटालिन कारिको र ड्रू भाइस्मान।

कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो। तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो।

अहिले अरू रोग र क्यान्सरको उपचारका लागि सोही एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको बीबीसीले जनाएकाे छ।

प्रकाशित मिति: : 2023-10-02 16:18:00

प्रतिकृया दिनुहोस्