प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हत्याका दोषीलाई माफी दिएर सरकारले अराजकता निम्त्याएको आरोप लगाएका छन्।
मंगलबारकाे प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले चेतन मानन्धरलाई लखेटी लखेटी हत्या गरेका दोषी रिगल भनिने योगराज ढकाललाई माफी दिएर अराजकता निम्त्याएको आरोप लगाएका हुन्। उनले रिगललाई माफी दिएपछि नेपालगञ्ज आतंकित भएकाे बताए।
‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मान्छे मारेकोलाई २० वर्ष कैद गरेको छ। दुई चार वर्ष बसेपछि छोडिन्छ’, उनले भने, ‘अहिले नेपालगञ्ज आतंकित छ। पीडित परिवार आतंकित छ। यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ? किन सम्मानित गरिन्छ।’