अछाम पुगेका माओवादी सचिव आचार्य अस्वस्थ, हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी

तस्बिर : राताेपाटी
तस्बिर : राताेपाटी

नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन्।

पार्टीकाे तीन महिने रूपान्तरण अभियानका क्रममा अछामको साँफेबगर पुगेका आचार्य अस्वस्थ्य भएका हुन्।

एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बयलपाटा अस्पताल लगिएका उनलाई त्यहाँ उपचार सम्भव नभपछि नेपालगञ्ज लगिएकाे छ।

प्रारम्भिक उपचारपछि आचार्यलाई हेलिकप्टरमार्फत केहीबेरमा काठमाडौँ ल्याउने तयारी छ।

माओवादी केन्द्रका नेता खगराज भट्टका अनुसार आचार्यकाे एक्कासी बोली बन्द भएपछि अस्पताल लगिएकाे हाे। आचार्यकाे शरीरको दाहिने भाग चलाउन गाह्रो भए पनि भट्टले जानकारी दिए। 

प्रकाशित मिति: : 2023-10-04 12:47:00

प्रतिकृया दिनुहोस्