रिगलविरुद्धको रिटमा बिहीबार सुनुवाइ हुने

रिगल भनिने योगराज ढकालको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएकाे रिटमा बिहीबार सुनुवाइ हुने भएकाे छ।

खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेका रिगलको कैद सजाय मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमती भारतीले आइतबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटमा बिहीबार सुनुवाइ हुने गरी पेशी तोकिएको हाे।

भारतीले आफ्नाे श्रीमानकाे हत्यामा संलग्न योगराजको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई पुन: जेलमा पठाउन माग गरेकी छन्।

प्रकाशित मिति: : 2023-10-04 13:33:00

प्रतिकृया दिनुहोस्