राेजगारीकाे लागि माल्ट पठाइदिन्छु भनेर ठगी गरेकाे आराेपमा तनहुँ व्यास नगरपालिका– १२ घर भई थानकाेट बस्ने २९ वर्षीय रञ्जन पाण्डे पक्राउ परेका छन्।
उनले माल्टा पठाइदिन्छु भनि विष्णु विक्रम खड्कालगायत चार जनासँग ६ लाख लिएर सम्पर्कविहीन भएकाे आराेपमा पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ। उनलाई प्रहरीले मंगलबार दिउँसाे काठमाडाैँकाे समाखुसीबाट पक्राउ गरेकाे हाे।
‘वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु। त्यसको लागि प्रतिव्यक्ती आठ लाख रुपैयाँ लाग्छ माल्टा पुगेपछि फुड डेलिभरीमा काम लगाइदिन्छु। मासिक एक लाखभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी निज पीडितहरुबाट पटक-पटक गरी जम्मा ६ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको भनि निवेदन परेपछि पक्राउ गरेकाे,’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ।
पाण्डेमाथि थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ।