माओवादी नेता आचार्यको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले लिए जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा(माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

सचिव आचार्यको वीर अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ। पार्टी अभियानको क्रममा अछाम पुगेका उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौँ ल्याइएको थियो।

प्रधानमन्त्री दाहालले नेता आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पतालका चिकित्सकहरुलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-10-05 11:37:00

प्रतिकृया दिनुहोस्