इरानी मानवअधिकारकर्मी मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार

इरानी मानवअधिकारकर्मी नर्गेस मोहम्मदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । ५१ वर्षीया नर्गेस अहिले इरानी कारगारमा बन्दी जीवन बिताइरहेकी छिन् । उनलाई ३१ वर्ष जेल सजाय र एकसय ५४ कोर्राको सजाय पाइरहेकी छिन्।

मोहम्मदी इरानमा महिला अधिकार र मानवअधिकारको संरक्षणमा काम गरिरहेकी एक अभियन्ता हुन् । उनलाई यही अभियानका लागि एक स्वतन्त्रता सेनानीका रूपमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ।

नोबेल पुरस्कार विजेता शिरिन इबादीद्वारा स्थापित ‘डिफेन्डर अफ ह्युमन राइट्स सेन्टर’की उपप्रमुख हुन् । 

मोहम्मदी बीबीसीले सार्वजनिक गरेको २०२२ का विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा समावेश गरिएकी थिइन्। 

नोबेल पुरस्कार अल्फ्रेड नोबेलको स्मृतिदिवसको अवसर पारेर डिसेम्बर १० मा एक विशेष समारोहबीच नर्वेमा प्रदान गरिन्छ । नोवेल विजेताले नौ लाख ९० हजार अमेरिकी डलर नगद पुरस्कार पाउँछन्।

प्रकाशित मिति: : 2023-10-07 06:46:00

प्रतिकृया दिनुहोस्