प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
सिंहदरबारमा आज भएको भेटवार्तामा उनीहरुबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पुर्याउने तथा सदनमा दर्ता भएका विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक, विद्यालय शिक्षा विधेयक, २०८० लगायत महत्वपूर्ण विधेयक सदनमा दर्ता भएका छन्। सरकारले संविधान कार्यान्वनसँग सम्बन्धित विधेयकलाई सदनबाट निष्कर्षमा पुर्याउने गरी काम गरिरहेको छ।