कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

File Photo
File Photo

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन्।

विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री कार्कीले राजीनामा दिने घोषणा गरेकाे एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी जानकारी दिए।

‘विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठक बसेको थियो, बैठकले मुख्यमन्त्रीले राजीनामा दिने निर्णय गरेको छ’, प्रमुख सचेतक भण्डारीले भने।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त भएका कार्कीले विश्वासको मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने भएपछि विश्वासको मत परीक्षण नगरी उनले राजीनामा दिने भएका हुन्।

विश्वासको मत लिन आज प्रदेशसभाको बैठक बाेलाइएकाे छ। मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोयनीयताको शपथ लिएका थिए।

कोशीमा नेपाली कांग्रेसका २९, नेकपा (एमाले) का उपसभामुखसहित ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार, जसपा एक र राप्रपाका छ जना प्रदेशसभा सदस्य छन्।

प्रकाशित मिति: : 2023-10-07 15:21:00

प्रतिकृया दिनुहोस्