खोलाले बगाएर एक जनाको मृत्यु, एक बेपत्ता

Symbolic photo
Symbolic photo

पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमायाँ अधिकारी रहेकी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरमायाँ श्रीमल रहेकी छन्।

पण्डितका अनुसार उनीहरु आज बिहान निगुरो टिप्न गएका थिए। बेपत्ता श्रीमलको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मृतकको शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको पण्डितले बताए। भरतपुर महानगरपालिका–२५ स्थित जमुनाघाटमा उनीहरुलाई नदीले बगाएको थियो।

प्रकाशित मिति: : 2023-10-07 15:35:00

प्रतिकृया दिनुहोस्