परराष्ट्रले भन्यो: इजरायलमा ९ नेपाली घाइते, दुईको अवस्था गम्भीर

इजरायलमा प्यालेस्टाइनी लडाकू समूह ‘हमास’को आक्रमणमा परेर ९ जना नेपाली घाइते भएकाे र तीमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

शनिबार मन्त्रालयमा बसेकाे आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले घटनाकाे विवरण सार्वजनिक गरेकाे हाे। नेपाली घाइतेहरूकाे पहिचान खुलाइएकाे छैन।

घाइतेमध्ये सात जनालाई गाेली लागेकाे जनाइएकाे छ। भने, दुई जना बेहाेस् अवस्थामा भेटिएकाे अधिकारीहरूले जनाएका छन्।

प्यालेस्टाइनी लडाकू समूह ‘हमास’ले गाजा क्षेत्रमा हराजाैँ रकेट प्रहार गरेकाे थियाे। भने, त्यस लगत्तै गाजा क्षेत्रमा प्रवेश गरेकाे थियाे। हमासकाे आक्रमणमा परेकाहरूकाे उद्दारकाे लागि खटेकाे इजरायली प्रहरी गाजा क्षेत्रका घर र ‘बङ्कर’भित्र पुगेकाे छैन।

हमासले गाजा क्षेत्रका केही घर र ‘बङ्कर’समेत कब्जा गरेकाे छ। त्यहाँ रहेकाहरुकाे अवस्थाबारे अहिलेसम्म कुनै सूचना प्राप्त भएकाे छैन।

विज्ञप्ति :

प्रकाशित मिति: : 2023-10-07 20:39:00

प्रतिकृया दिनुहोस्