अनमाेल केसीलाई थुनाएका सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी

केही दिनअघि अभिनेता अनमाेल केसीलाई थुनाएका निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ।

‘प्रसाद- २’का निर्माता सुदर्शन बस्नेतले आफ्नाे मञ्जुरीबिना फिल्म प्रदर्शन गरेर एक कराेड बढी रुपैयाँ ठगी गरेकाे आराेपमा थापा र ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडाैँमा उजुरी दिएका थिए।

उक्त उजुरीपछि अनुसन्धानकाे लागि प्रहरीले पक्राउ पुर्जी जारी गरेकाे हाे।

प्रहरीले ओम अग्रवाललाई शुक्रबार नै पक्राउ गरिसकेकाे छ।

प्रकाशित मिति: : 2023-10-08 15:29:00

प्रतिकृया दिनुहोस्