समाचारको विषयलाई लिएर फाल्गुनन्द सहकारी संस्थाका अध्यक्ष पदम लिम्बू (संकल्प)ले सञ्चार क्षेत्रको मर्यादालाई उल्लघंन गरी गरेको व्यवहारप्रति क्षमा याचना गरेका छन्।
सहकारी संस्थाको बारेमा पूर्वसन्देश दैनिकमा समाचार प्रकाशित भएपछि प्रधान सम्पादक गञ्जबहादुर दाहाल र उर्लाबारी समाचारदाता घनश्याम भण्डारीलाई दिएको मानसिक तनावमा समाचारजन्य संघ संगठनले आपत्ति गरेका थिए।
यसै सन्दर्भलाई लिएर शनिबार इलाका प्रहरी कार्यालय दमकमा छलफल भएको थियो। छलफलमा आफ्नो भूललाई स्वीकार गरी क्षमायाचना गरेपछि सहमति भएको हो।
छलफलमा पत्रकार महासंघ झापाका सचिव डिकेश लामाको नेतृत्वमा पत्रकारसँग र लिङ्देनको तर्फबाट संविधानसभा सदस्य विश्वदीप लिङदेनको संयोजकत्वमा सहकारीका केही पदाधिकारीबीच छलफलमा सहभागिता रहेको थियो।
पत्र :