दाङमा बसको ठक्करबाट एक युवकको मृत्यु

Symbolic photo
Symbolic photo

दाङमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का २४ वर्षीय विजय खनाल रहेका छन्।

काठमाडौँबाट सुर्खेततर्फ गइरहेको ना ७ ख ५९७१ नम्बरको यात्रुबाहक बसले बिहीबार बिहान ८ बजे दाङको भालुवाङमा ठक्कर दिएको थियो।

स्थायी घर कपिलवस्तुमा भएपनि हाल उनले भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका थिए।

बसको ठक्करबाट गम्भीर घाइते भएका खनालको भालुवाङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए।

ठक्कर दिने बस र चालकलाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2023-10-12 11:29:00

प्रतिकृया दिनुहोस्