तीनकुने सामूहिक हत्याका अभियुक्त कारागार चलान

तीनकुनेमा चारजनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन्।

आज भएको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ घर भएका २३ वर्षीय भण्डारी गत भदाै २९ गते तीनकुनेमा चारजनाकाे हत्या गरेकाे आराेपमा पक्राउ गरिएका थिए। उनलाई घटना भएकाे दुई दिनपछि पक्राउ गरिएकाे थियाे।

बयानका क्रममा उनले चारजनाकाे हत्या गरेकाे स्वीकारेका थिए।

प्रकाशित मिति: : 2023-10-13 16:28:00

प्रतिकृया दिनुहोस्