बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ। गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो। मृतकको सनाखत हुन सकेको छैन।
गए राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।
राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो। आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।