बडादशैँमा पनि मुद्दा सुनुवाइ हुने

सर्वोच्च अदालतले बडादशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ।

सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागु हुने गरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ।

शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सुनुवाइ गर्न अदालत खुला रहनेछ।

अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ।

प्रकाशित मिति: : 2023-10-15 19:24:00

प्रतिकृया दिनुहोस्