यूएईविरुद्ध टिमकाे प्रदर्शन राम्रो भयो: कप्तान रोहित

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध नेपाली टोलीले राम्रो प्रदर्शन गरेकाे बताएका छन्।

बुधबार यूएईलाई ७ विकेटले पराजित गरेपछि पत्रकारसँगको कुराकानीमा उनले  आफ्नो टिमले राम्राे खेलेकाे बताए। उनले भने, 'आज यूएईविरुद्ध खेलमा हाम्राे बलिङ समग्रमा राम्रो भयो तर ब्याटिङमा अझै राम्रो गर्नुपर्छ।'

अब नेपालले बिहिबार हङकङ खेल्ने भएकाे छ। 

प्रकाशित मिति: : 2023-10-18 19:00:00

प्रतिकृया दिनुहोस्