एनआरएनएकाे युवा उपाध्यक्षमा राेशन थापा निर्वाचित

गैरआवसीय नेपाली संघ (एनआरएनए)काे युवा उपाध्यक्षमा राेशन थापा निर्वाचित भएका छन्।

एनआरएनएकाे ११औँ महाधिवेशन अन्तर्गत बिहीबार काठमाडाैँकाे साेल्टी हाेटलमा भएकाे निर्वाचनमा थापा २ हजार ४ सय ६८ मतसहित निर्वाचित भएका हुन्।

उनी जापान र अफ्रिकालाई आफ्नो कर्मथलो बनाएका एक अनुभवी र नेतृत्व कुशल युवा हुन्।

२ दशकअघि अध्ययनका लागि इलामबाट जापान पुगेका थापाले अहिले आफूलाई सफल व्यवासायीमात्रै होइन, गैरआवासीय नेपालमाझ आफूलाई जबर्जस्त उभ्याउन सफल भएका छन्।

थापाले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गरेका छन्। उनी अटो मोबाइल र रियल स्टेट व्यवसायी हुन्। थापाले जापानमा इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गरेका छन्। नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी छ।

प्रकाशित मिति: : 2023-10-20 07:49:00

प्रतिकृया दिनुहोस्