संकटमा नेपाल: कुशल भुर्तेल १, साेमपाल कामी २ र कुशल मल्ल शून्य रनमा आउट

त्रिकाेणात्मक टि- २० अन्तर्राष्ट्रिय सिरिज अन्तगर्तकाे खेलमा युएईविरुद्ध ब्याटिङ गरिरहेकाे नेपाल सुरुवातमै संकटमा परेकाे छ।

नेपालले तीन ओभरकाे खेल नसकिँदै तीन खेलाडी गुमाएकाे छ।

नेपालका कुशल भुर्तेल १, साेमपाल कामी २ र कुशल मल्ल शून्य रनमै आउट भएका छन्।

नेपालले अहिले २.१ ओभरमा ११ रन बनाएकाे छ।

युएईले नेपालसामु १ सय ६५ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ।

प्रकाशित मिति: : 2023-10-23 13:06:00

प्रतिकृया दिनुहोस्