दैलेखमा युवाहरूबीच ‘ग्याङ फाइट’ हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका छन्।
भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा बिहीबार साँझ अपशब्द बोलेको कारण युवाहरूबीच झडप भएको थियो।
सोही झडपमा घाइते भएका बुढाको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएका हो। झडपमा संलग्नहरूको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।