सांसद अमरेशकुमार सिंहले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई सर्वोच्च अदालतले कैदमाफी बदर गर्न परमादेश दिएपछि सांसद सिंहले सरकारमाथि आक्रोश पोखेका हुन्।
‘राष्ट्रपति, प्रधानमन्त्रीसँग अलिकति पनि नैतिकता छ भने राजीनामा दिनुपर्छ। रिगलको जेल यात्रा कानुनी राज्यको अनुभूति बल्ल अलिकति भयो। धन्यवाद सम्मानित सर्वोच्च अदालत,’ सिंहले सामाजिक सञ्जालमा लेखेका छन्।