टी–२० विशवकप एसिया छनोट उपाधिको लागि नेपालले ओमनलाई १८५ रनको लक्ष्य दिएको छ।
आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निधारित २० ओमा ६ विकेट गुमाएर १८४ रन बनायो। नेपालका लागि कप्तान रोहित कुमार पौडेल र गुलशन झाले अधशतकीय पारि खेले।
नेपालका ओपनर अशिफ शेख ६ बलमा ६ रन बनाएर आउट भए। अशिफले ६ बलमा १ छक्का प्रहार गरेरे आउट भए। उउलाइ दोश्रो ओभरको पहिलो बलमा ओमनका बिलाल खानले आउट गरे।
तेस्रो नम्बरमा कृजमा आएका सन्दिप जोरा १० रन बनाएर पेभलियन फर्किए। उनी १३ बलमा १० रन बनाएर एक चौका प्रहर गरेरे आउट हुन पुगे। उनी ओमनका जेसनबाट आउट हुन पुगे। नेपाले तेस्रो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमायो।
उनी २२ बलमा ३१ रन बनाएर आउट हुन पुगे। कुशलले २२ बलमा २ छक्का र ३ चौका प्रहार गरेर आउट भए।
यस्तै नेपालका अलराउनडर कुशल मल्ल ९ बलमा ३ रन बनाएर आउट भए। उनलाइ ओमनका अकिबले आउट गरेका हुन्। नेपालका गुलशन झाले नेपालका लागि सर्वाधिक रन बनाए। उनी २५ बलमा ५४ रन बनाएर पेभिलियन फर्किए।
उनले २५ बलमा ४ छक्का र ५ चौका प्रहार गरे। उनी ओमनका बिलाल खानको बलमा शकिल अहमदबाट कक्या आउट भए।
यस्तैगरी नेपालका विवेक यादव ३ बलमा १ रन बनाएर आउट हुन पुगे। उनलाई बिलाल खानले पेभिलियन फर्काए। नेपालका कप्तान रोहितले ३७ बलमा ५४ रन बनाउँदा नटआउट रहे।
उनले ३७ बलमा २ छक्का र ५ चोका प्रहर गरे।
करण केसीले ६ बलमा २० रन बनाए। उनले २ छक्का र १ चोका प्रहर गरे।