जाजरकाेट र रुकुम पश्चिमका भूकम्प पीडितलाई जुम्लाकाे ताताेपानी गाउँपालिकाले १० लाख सहयाेग गर्ने भएकाे छ।
भूकम्पपछि भत्किएका संरचनाकाे पुर्ननिर्माण, पीडितकाे राहत उद्दार तथा पुर्नस्थापनाका लागि पालिकाले १० लाख सहयाेग गर्ने निर्णय भएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाईंले बताए।
'नेपाल सरकारले भूकम्प पीडितका लागि खडा गरेकाे प्रधानमन्त्री दैविक प्रकाेप उद्दार काेषमै सहयाेग रकम जम्मा गर्ने छौं,' उनले भने, 'भूकम्पले छिमेकी जिल्लाहरु पीडामा छन्। खाद्यान्न, औषधि उपचार अभाव चुलिएकाे छ। त्यसैले सहयोग गर्ने निष्कर्षमा पुगेका हौं।'
उनका अनुसार तत्कालका लागि भनेर १० लाख सहयाेग गर्ने निर्णय गरिएको। एउटै निकायले गरेर मात्र सम्भव नहुने भएकाेले विपद्मा समन्वय सहकार्य गर्नु आवश्यक हुन्छ।
भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति ताताेपानीले दु:ख व्यक्त गर्दै घाईतेहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामनासमेत गरेकाे छ।
कर्णालीका ७९ वटा स्थानीय तहमध्य भूकम्प पीडितलाई सहयाेग गर्ने पालिकाहरुमा ताताेपानी पहिलाे बनेकाे छ।
पीडितहरुकाे राहत उद्दार तथा पुर्नस्थापनाका लागि दिनरात खटिने, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्वास्थ्यकर्मी लगायत सबैलाई ताताेपानीका अध्यक्ष चाैलागाईले धन्यवादसमेत दिएका छन्।
गत शुक्रबार राति गएकाे जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु बनाएर गएकाे ६.४ म्याग्नेच्युटकाे भूकम्पले जाजरकाेट र रुकुम पश्चिमका गरी १ सय ५७ जनाकाे मृत्यु भएकाे छ।
जाजरकाेट र रुकुम पश्चिममा राहा उद्दार पुर्नस्थापनाकाे कार्य जारी रहेकाे छ। यसैबीच विभिन्न निकायहरुमार्फत पीडितकाे राहत उद्दारका लागि सहयाेग रकम घाेषाणा हुने क्रम पनि जारी छ।