भूकम्पका घाइतेका लागि अखिल क्रान्तिकारीले थाल्यो रक्तदान

जाजरकोट भूकम्पबाट घाइते भएकाकाे उपचारमा रगत अभाव हुन नदिन अखिल(क्रान्तिकरी) ले रक्तदान कार्यक्रम सुरु गरेको छ।

घाइतेहरूकाे उपचारमा सहयोग गर्न रक्तदान सुरू गरिएकाे अखिल(क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए।

अखिलकाे केन्द्रीय समितिले आइतबारदेखि शिक्षण अस्पताल महाराजगञ्जमा सुरू गरेकाे रक्तदान एक सातासम्म चल्ने छ।

सरकारकाे नेतृत्व गरिरहेकाे माओवादी केन्द्रनिकट अखिल(क्रान्तिकारी) सम्वद्ध नेता-कार्यकर्ता, शुभचिन्तक तथा इच्छुक नागरिकलाई रक्तदानमा सहभागी हुन अपिलसमेत गरिएकाे छ। 

प्रकाशित मिति: : 2023-11-05 17:07:00

प्रतिकृया दिनुहोस्