भूकम्प प्रभावितलाई बागमती सरकारका कर्मचारीद्वारा १ करोड २५ लाख सहयोग 

बागमती प्रदेश सरकारमा कार्यरत कर्मचारीले भूकम्प प्रभावितलाई आर्थिक सहयोग गर्ने बताएका छन्। प्रदेशका प्रमुख सचिव घनश्याम उपध्यायको अध्यक्षतामा आज मंगलबार बसेको बैठकले रु १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।  

प्रदेश सरकार मातहत कार्यरत प्रमुख सचिव, सचिवको तीन दिन बराबरको, उपसचिव र शाखा अधिकृतको दुई दिन बराबरको र अन्य कर्मचारीको एक दिनको तलब काटेर भूकम्प प्रभावितलाई सहयोग गरिन लागिएको हो। 

मुख्य सचिव उपाध्यायकाअनुसार उक्त रकम सङ्कलन गरी कर्णाली प्रदेश सरकारको खातामा जम्मा गरिने छ।  

यस्तै बैठकले कर्णाली प्रदेशको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गत शुक्रबार राति गएको भूकम्पले ठूलो मात्रामा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गरेको छ। 
 

प्रकाशित मिति: : 2023-11-07 21:01:00

प्रतिकृया दिनुहोस्