युट्युबर मनोज मानव भन्ने मनोजकुमार महतोलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
जिल्ला अदालत काठमाडौँले बिहीबार मनोजलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो।
युट्युबर मनोजले सामाजिक सञ्जाल टिकटक र फेसबुकमा आफ्नो तस्बिर तथा श्रव्य-दृश्य दुरुपयोग गरी चरित्र हत्या गर्ने उदेश्यले प्रशारण गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरी अदालतमा पेश गर्दा सात दिनको म्याद थप भएको र आवश्यक अनुसन्धान जारी रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले जानकारी दिए।
रायका अनुसार निवेदनमाथि अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्दा साइबर अपराध लाग्ने देखिएपछि मनोजलाई पक्राउ गरिएको हो। मनोजको नागरिकतामाथि समेत प्रश्न उठेको बताइएको छ।