रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद

सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेक छ।

इन्टेलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाइ नगरपालिका-३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नालसमेत बरामद भएको छ।

सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा ब्युरोले आइतबार दिउँसो सो घरमा खानतलासी गरेको थियो। बरामद हतियारमध्ये २ नाल पेस्तोल मेड इन युएसए र एक नाल मेड इन इन्डिया लेखिएको छ।

हतियारसहित मोबाइलको सोमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकतासमेत बरामद भएको हो। सो क्षेत्रमा थप अप्रेसन जारी छ।

हतियार बरामदपछि स्थानीयले ढुङ्गामुढा गर्दा प्रस्तावित सिमा सुरक्षा गुल्म गौर र सुरक्षा बेश देबाहीको गाडीको सिसा फुटेको छ।

प्रकाशित मिति: : 2023-11-19 18:05:00

प्रतिकृया दिनुहोस्