विपिन जोशीको अवस्था अझै अज्ञात, खोजीकार्य जारी

File Photo
File Photo

इजरायलमा हमास समूहले गत अक्टोबर ७ तारिखमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात नै रहेको छ।

दक्षिणी इजरायलको किबुज–अलमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ।

जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: : 2023-11-20 11:07:00

प्रतिकृया दिनुहोस्