युवाहरुलाई व्यावसायिक र नेतृत्वदायी भूमिका स्थापित गर्छु: रजनी थापा
आगामी मंसिर २९ गतेदेखि पुस २ गतेसम्म बुटवल जेसीजकाे आतिथ्यतामा हुन लागेको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनमा वर्ष २०२४ का लागि राष्ट्रिय अध्यक्षमा वर्तमान कार्यकारिणी उपाध्यक्ष रजनी थापाले उम्मेदवारी घोषणा गरेकी छन्।
राजधानीमा छर्ठ पर्वकाे अवसरमा आयाेजित चियापान तथा अध्यक्ष उमेदवारी घाेषणा गरिएकाे हाे।
सन् २०१४ देखि निरन्तर जेसीज अभियानमा सक्रिय भई २०१९ मा मनाेहरा जेसीज अध्यक्ष, २०२१ मा राष्ट्रिय उपाध्यक्ष २०२३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा भारी मतले विजय भई नेपाल जेसीजका विभिन्न जिम्मेवारीमा रहेर युवाहरुलाई जेसीजको अभियानमार्फत नेतृत्वदायी भूमिकाका साथै व्यावसायिक उदेश्यलाई थप सहजता प्रदान गर्न थापा सक्षम रहँदै आइरहेकी छन्।
‘नेतृत्व त्याे हाे, जसले छाेटाे समयमै अकल्पनीय परिवर्तन ल्याइदिन्छ, जेसीजका माध्यमबाट सकारात्मक परिवर्तन र व्यावसायिक जीवन र मनमनमा जेसीज अभियानलाई अन्तर्राष्ट्रिय जगतमा नेपालकाे गरिमा बढाउन सक्षम नेतृत्व आवश्यक छ। राष्ट्रिय उपाध्यक्ष, राष्ट्रिय कार्यकारी उपाध्यक्षलगायतको जिम्मेवारीमा रहेर जेसीस अभियानलाई अगाडि बढाएको अनुभव छ’, अध्यक्ष पदका उम्मेदवार थापाले भनिन्, ‘राष्ट्रियस्तरमा सरकार र सरोकारवाला निकायसँग युवाहरुको अवसर र क्षमताको व्यवस्थापन गर्ने गरी नीति निर्माण र अवसर प्रदान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु।’
रजनी थापा जिताउ अभियानका प्राेमाेशन संयोजक एवं धापासी जेसीज वर्ष २०२२ का अध्यक्ष खेमराज अधिकारीले जेसीजको अभियानमा रञ्जनी थापाको नेतृत्वदायी भूमिका स्थापित गर्न देशभरका जेसीज मनहरुको एकता र सहकार्य रहेको बताए।
काठमाडौँमा आयोजित कार्यक्रममा बाेल्दै नारायघाट जेसीजका पूर्व अध्यक्ष तथा जेसीज अभियानका नेता सुदिप सिंह अधिकारीले नेपाल जेसीजमा सक्षम र अब्बल उम्मेदवारले मात्र जेसीजमा नेतृत्व गर्नु पर्ने बताए। थापालाई जिताउन एकता, सद्भावसहित एक ढिक्का भएर नैतिक तथा भौतिक समर्थन र प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा थानकोट जेसीजका संस्थापक अध्यक्ष नन्ददास अमात्यले छुटेर, टुटेर अगाडि नबढ्ने र नेतृत्व गर्ने अबसर सबैलाई पाउने अधिकार याे वर्षबाट स्थापित हुने बताए। अमात्यले सिङ्गो जेसीजकाे गरिमालाई उचाे बनाउन सहकार्य, मेलमिलाप र त्यागकाे भावनामा अगाडि बढ्दै एकताबद्ध तवरले अभियान सञ्चालन हुनुपर्ने बताए।
कार्यक्रममा धरान जेसीज वर्ष २००७ का अध्यक्ष तथा २०१५ का महासचिव विष्णु बरालले जेसीजबाट पाउने भाईचारा, सद्भाव र नेतृत्दायी रूपान्तरणले गर्दा निरन्तर यात्रामा रहेकाे चर्चा गरे।
नेपाल जेसीजका पूर्व महासचिव कृष्ण दुलालले जेसीजबाटै सकारात्मक रूपान्तरणका साथै ब्यबसायीक सफलता हासिल गरेकाे बताए। उनले भने, 'मैले इटहरी जेसीजवाट मेराे जेसीज यात्रा सुरू भयाे। म कीर्तिपुर जेसिजकाे अध्यक्ष हुँदै नेपाल जेसीजमा प्रतिनिधित्व गरेँ, मेराे छाेराले सितापाइला जेसीबाट नेतृत्व गर्याे, भतिजाेलगायत सबै जेसीजमा छाैँ। मया सद्भाव र सम्मान गर्व छ। जेसीजबाट सिकेकाे ज्ञान सीप नाडाकाे अध्यक्ष हुँदा हाेस् या मेराे व्यावसायिक सफलतासँग जेसीजलाई लिएकाे छु।'
मनाेहरा जेसीज २०२२ का अध्यक्ष दिनेश अर्यालले युवाहरूकाे सकारात्मक परिवर्तन र जेसीजलाई सकारात्मक परिवर्तनको लागि उभ्याउन रञ्जनी थापालाई जिताउन आग्रह गरे।
जेसीजको उम्मेदवारी घोषणासँगै चारवटा चरण पार गरेपछि मात्रै मतदान प्रकृयामा सहभागी हुन पाउने व्यवस्था छ। पहिलो चरणमा अधिबेशन हुनु ४५ दिन अगावै उम्मेदवारी घोषणा गरिसक्नु पर्नेछ। दोश्रो तीनदिने स्कुल अथार्त उम्मेदवारहरुलाई लिईने कक्षामा सहभागी हुनुपर्ने छ। तेश्रो अन्तर्वार्ता र चौथो ककसमा सहभागी भएपछि मात्रै घोषणा गरिएको उम्मेदवारी कायम रहनेछ।
कुनै एउटा प्रकृयामा सहभागी नजनाउने व्यक्ति उम्मेदवारका लागि अयोग्य हुनेछ। मनाेहरा जेसीजका अध्यक्ष थापाले व्यक्तिगत क्षमता तथा सामूहिक नेतृत्वका लागि सक्षम भएकाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिएको बताए।
मनाेहरा जेसीजका संस्थापक अध्यक्ष जगतराज ढुङ्गानाले थापाकाे उम्मेदवारीसँगै मनाेहरा जेसीजको इतिहासमा गौरवपूर्ण समय भएकाले रजनी थापा जिताउन सक्रिय भएको बताए।
कार्यक्रममा विभिन्न शाखाका वर्ष २०२२ र २०२३ र पूर्व राष्ट्रिय पदाधिकारीहरू,शाखाका पूर्व अध्यक्षहरूकाे सहभागिता रहेकाे थियाे।