प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय महिला किम्रोसांगी रहेकाे प्रहरीले जनाएकाे छ।
उनकाे साथबाट सुटकेसमा लुकाइछिपाइ राखेको अवस्थामा अवैध लागुऔषध कोकिन १ किलो ८७३ ग्राम बरामद गरिएकाे छ।
हिमाल एयारलाइन्सबाट काठमाडौँ आउने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमबार प्रहारीले प्रक्राउ गरेको हो।
उनीमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ।