नेपालगञ्ज म्याराथनकाे उपाधि एपीएफका पार्कीलाई

नेपालगञ्ज म्याराथनकाे उपाधि एपीएफका गाेपीचन्द्र पार्कीले जितेका छन्। पार्कीले यसअघि छैठाैँ संस्करण पनि जितेका थिए।

डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खड्कबहादुर खड्कालाई पछि पार्दै पार्कीले उपाधि जितेका हुन्।

नवाैँमा एपीएफकै किरणसिंह भण्डारी तेस्राे भएका छन्।

उपाधिसंगै पार्कीले दुई लाख पुरस्कार पाएका छन्। खड्काले एक लाख र भण्डारीले ५० हजार पुरस्कार पाएका छन्।

क्रियटिभ ह्याण्डसले आयाेजना गरेकाे म्याराथनकाे उद्घाटन नेपालगञ्जकाे मेयर प्रशान्त विष्ट र महानायक राजेश हमालले गरेका थिए।

हाफ म्याराथनमा सन्ताेषी श्रेष्ठले जितसंगै ह्याट्रिक गरेकी छन्। नवाैँ धारा नेपालगञ्जकाे हाफ म्याराथनमा सन्ताेषी श्रेष्ठ प्रथम भएकी छन्। सन्ताेषीले याे जितसँगै हाफ म्याराथनमा ह्याट्रिक गरेकी हुन्। प्रथम भएसँगै सन्ताेषीले ७५ हजार पुरस्कार पाएकी छन्।

हाफ म्याराथनमा फूलमती राना दाेस्राे, पुष्पा भण्डारी तेस्राे भएका छन्। दुई लाख राशीकाे म्याराथनमा विभागीय टीमका खेलाडीकाे वर्चस्व रहेकाे छ।

क्रियटिभ ह्याण्डसले आयाेजना गरेकाे म्याराथनमा १०, ५ किलाेमिटर, कर्पाेरेट, वाकाथनलगायत राखिएकाे छ।

प्रकाशित मिति: : 2023-11-25 12:29:00

प्रतिकृया दिनुहोस्