ललितपुरका सहायक प्रशिक्षकलाई एनएसएलले लगायाे प्रतिबन्ध, कुथुलाई जरिवाना

नेपाल सुपर लिग (एनएसएल)ले ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारलाई प्रतिबन्ध लगाएको छ।

एनएसएलले रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै सिलाकारलाई यस सिजनको एनएसलएबाट प्रतिबन्ध लगाउने निर्णय गरेको हो। उनलाई २० हजार रूपैयाँ जरिवानासमेत गरिएको छ।

त्यस्तै, एनएसएलले स्पोर्टिङ इलाम एफसीका कप्तान विकेश कुथुलाई पनि जरिवाना गर्ने एनएलएलले निणर्य गरेको छ।

कुथुले वीरगञ्ज युनाइटेडसँगको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै १० हजार रूपैयाँ जरिवाना गर्ने निणर्य गरेकाे हो।

प्रकाशित मिति: : 2023-12-21 14:53:00

प्रतिकृया दिनुहोस्