'सल्यान संकल्प' सार्वजनिक गर्दै सकियो जनतासँग माओवादी विशेष रुपान्तरण अभियान

'सल्यान संकल्प' नामक पार्टीको मुखपत्र सार्वजनिक गर्दै सकियो जनतासँग माओवादी विशेष रुपान्तरण अभियान। नेपालको १०० पर्यटकीय गन्तव्यमा सुचिकृत भएको कुपिण्डे ताल परिसरमा 'सल्यान संकल्प' सार्वजनिक गरिएको हो। 

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कालिबहादुर मल्लले मौलिक र सिर्जनात्मक गतिविधिहरु गर्दै अभियानको सल्यान मोडल सफल भएको बताए। उनले भने, 'केही सिमाका बाबजुद पनि अभियान उत्साहपूर्वक रुपमा सफल भएको छ।' 

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान, सल्यानको समिक्षा तथा समापन कार्यक्रम रचनात्मक र सृजनात्मक गतिविधि गर्दै सम्पन्न भएको नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले बताए।

'सल्यान समृद्धिको चाबी तथा सुद्धताको प्रतिक कुपिण्डे दहबाट अभियान टोलीले जिल्ला पार्टीलाई लाल चाबी र लाल झण्डा हस्तान्तरण गर्‍यो,' उनले भने, 'अभियान विशेषांक पार्टीको मुखपत्र सल्यान संकल्पको बिमोचन गरेका छौं। यो हाम्रो अभियानको सार र वैचारिक खुराक हो।'

उनका अनुसार कार्यक्रममा जिल्ला अभियान टोलीका सदस्यहरुलाई सम्मान, अभियानमा सक्रिय र उत्कृष्ट कार्य सम्पादन गर्नेहरुलाई सम्मान गरिएको थियोे। 

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको अन्तिम दिन जिल्ला इन्चार्ज लगायतका अभियान्ताहरुको बिदाई गरिएको थियोे। अन्तिम दिन समसामयिक प्रस्ताव र कुपिण्डे घोषणापत्र सार्वजनिक गरिएको इन्चार्ज भण्डारीले बताए। 

उनले थपे, 'अभियानलाई सफल बनाउन योगदान गर्ने आदरणीय सल्यानी जनता, सल्यानी प्रिय कमरेडहरु तथा पार्टी नेतृत्व लगायत समस्त व्यक्तित्वमा हार्दिक आभार! सल्यान, सल्यानीबासी जनता र सल्यानी कमरेडहरुप्रति ऋणी छुँ।  जहाँ भएपनि सल्यानीबासी र सल्यानको सेवा गर्न पाई राखुँ।'

प्रकाशित मिति: : 2024-01-02 22:28:00

प्रतिकृया दिनुहोस्