सुन तस्करी प्रकरणमा पूर्वआइजीपी सिंहलाई कारबाही गर्न सिफारिस

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेपाल प्रहरीका पूर्वआइजीपी धिरज प्रताप सिंहलाई कारबाही गर्न सिफारिस गरेकाे छ।

सुन तस्करी प्रकरणमा पूर्वआइजीपी सिंहको संलग्नता रहेकाे पुष्टि गर्दै आयोगले कारबाही गर्न सिफारिस गरेकाे हाे।

जाँचबुझ आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएकाे थियाे। गृहमन्त्रीलाई बुझाएको उक्त प्रतिवेदनमा सिंहलाई कारबाही गर्न सिफारिस गरिएको हो।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार पूर्वआइजीपी सिंह पनि तस्करीमा दोषी देखिएका हुन्।

सुन तस्करीकाे आरोपमा गत साउन १४ गते पक्राउ परेका दावा छिरिङसँग निकट सम्बन्धमा देखिएपछि सिंह अनुसन्धानको घेरामा परेका थिए।

प्रकाशित मिति: : 2024-03-15 13:00:00

प्रतिकृया दिनुहोस्