सुन तस्करी प्रकरण: सीआईबीका दुई डीएसपी हेडक्वार्टर तानिए

File Photo
File Photo

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का दुई जना डीएसपी प्रहरी प्रधान कार्यालय तानिएका छन्।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेको डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई प्रहरी प्रधान कार्यालय तानिएको हो।

आयोगले सुन तस्करी प्रकरणमा त्रुटिपूर्ण अनुसन्धान गरेको ठहर गर्दै उनीहरूलाई कारबाही गर्न सिफारिस गरेकाे थियाे।

आयोगकाे सिफारिसअनुसार उनीहरुलाई सीआईबीबाट हटाउने निर्णयगरेकाे हेडक्वार्टर स्राेत बताएकाे छ।

जाँचबुझ आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएकाे थियाे। उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बुझाएका थिए।

प्रकाशित मिति: : 2024-03-15 17:40:00

प्रतिकृया दिनुहोस्