आज पनि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली छ।
दिउँसो पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ। र, एक–दुई स्थानमा मेघगर्जन,चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार देशका विभिन्न ठाउँमा हावाहुरीसहित आएको वर्षाले रुखहरू ढालेर मानवीय क्षेती पुर्याउनुका साथै घरका छानाहरूसमेत उडाएकाे छ।