बागमतीकाे मुख्यमन्त्रीमा आलोपालो सहमति, नेकपा एसले जम्कट्टेललाई विश्वासको मत दिने

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीले पनि बागमती प्रदेशकाे मुख्यमन्त्री पाउने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बसेको बैठकमा सत्ता गठबन्धनबीच यसबारे सहमति भएको हो।

मुख्यमन्त्रीमा आलोपालो सहमति भएसँगै एकीकृत समाजवादीबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउने भएको छन्।

यसअघि एकीकृत समाजवादीले नयाँ समीकरणमा आफूले सबै प्रदेश र केन्द्रमा सम्मानजनक भागबण्डा हुनुपर्ने माग राख्दै सो विषयमा सहमति नभएसम्म विश्वासको मत दिन बाध्य नहुने चेतावनी दिएको थियो। सहमति भएपछि एकीकृत समाजवादीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने भएको हाे। 

बागमती प्रदेशसभामा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ।

नेपाली कांग्रेसले प्रदेशसरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको हो। सोहीअनुसार उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका थिए।

सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशसभाका ५६ सदस्यको मत आवश्यक पर्छ। प्रदेशसभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन्। 

प्रकाशित मिति: : 2024-04-01 13:44:00

प्रतिकृया दिनुहोस्