अत्याधिक मदिरा सेवन गरेर मध्यरातमा हाेहल्ला गरेकाे आराेपमा पक्राउ परेका गायक राजेश पायल राई छुटेका छन्। बुधबार राति २ बजे अनामनगरबाट पक्राउ परेका उनी सामान्य साेधपुछपछि बिहीबार बिहान छुटेका हुन्।
मदिरा सेवन गरेर मध्यरातमा हाेहल्ला गरिरहेका राईसहित ८ जनालाई बानेश्वर प्रहरीले पक्राउ गरेका थियाे। मदिरा सेवन हाेहल्ला गरेका उनीहरुले सम्झाउने क्रममा प्रहरीलाई समेत थर्काएका थिए।
जेलमुक्त भएलगत्तै राईले भाेलि इटहरीकाे कार्यक्रममा भेट्ने बताएका छन्। आफू जेलमुक्त भएकाे जानकारी गराउने गरी उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंहरुको इटहरी, भोलि भेट्ने हामी।’