संसद बैठकअघि काँग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेबारे रणनीति बनाउने

फाइल तस्विर
फाइल तस्विर

नेपाली काँग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ।

काँग्रेसले मंगलबार बिहान ७:३० बजे संसदीय दल कार्यसमितिको र बिहान ८ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जानकारी दिएको छ।

काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नतामा संसदीय छानबिनको माग कायम राखेको छ। मंगलबार बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ।

बैठकमा यस प्रकरणलाई थप सशक्त रुपमा उठाउने विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: : 2024-04-08 13:41:00

प्रतिकृया दिनुहोस्