रास्वपाले मागेजस्तो २०४७ यता सार्वनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गरौँ- काँग्रेस

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सार्वजनिक अपिल गर्दै रास्वपाको मागअनुसार २०४७ यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले रास्वपाले अघि सारे अनुसार २०४७ यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन तथा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न समेत आग्रह गरेका छन्।

‘हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ। गठन गरौँ,’ उनले लेखेका छन्।

प्रकाशित मिति: : 2024-04-09 15:44:00

प्रतिकृया दिनुहोस्