चिकित्सा शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नु आफैँमा सकारात्मक छ: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री थापाले आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैँमा सकारात्मक भएको बताएका हुन्।

उनले भनेका छन्, 'आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु  नै आफैँमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्कलगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन्, त्यसलाई थप प्रभावकारी बनाउनुपर्नेछ।'

उनले थपे, 'यससंगै प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ र यो सत्प्रयासमा हाम्रो साथ रहने प्रतिबद्धता पनि।'

शिक्षामन्त्री श्रेष्ठले २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको आयोगको प्रतिवेदन बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक गरेकी थिइन्। 

प्रकाशित मिति: : 2024-04-11 17:11:00

प्रतिकृया दिनुहोस्